लुम्बिनी प्रदेशमा जसपाका कुनै पनि सांसदलाई कारबाही गरिएको छैन : महन्त ठाकुर
बैशाख १६ ,वुटवल – जनता समाजवादी पार्टीले लुम्बिनी प्रदेशका आफ्ना कुनै पनि सांसदलाई कारबाही नगरेको बताएको छ ।
नेकपा एमाले नेतृत्वको प्रदेश सरकारमा मन्त्री बनेका चार प्रदेशसभा सदस्यलाई पदमुक्त गर्ने संकेत पाएपछि जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष महन्थ ठाकुरले लुम्बिनी प्रदेशका सभामुख पूर्णबहादुर घर्तीलाई पत्र लेख्दै यस्तो बताएका छन् ।
६ सदस्यीय संसदीय दललाई स्वायत्तता दिई प्रदेशसभासम्बन्धी सम्पूर्ण कार्य गर्न निर्देशन दिएको र त्यसलाई मान्यता दिइने भन्दै उनले लेखेको पत्रमा भनिएको छ, ‘केन्द्रीय स्तरबाट प्रदेशसभा सदस्यलाई कुनै कारबाही नभएको व्यहोरासमेत अनुरोध छ ।
प्रदेशमा पार्टी समायोजन नभएकाले कुनै पनि सांसदलाई कारबाही गरिएको छैन अध्यक्ष महन्त ठाकुरले लेखेको पत्रमा भनिएको छ ।बिहीवार लुम्बिनी प्रदेश सभा सचिवालयले सूचना प्रकाशित गरी जसपा सांसदहरू सन्तोषकुमार पाण्डेय, विजयकुमार यादव, सुमन शर्मा रायमाझी र कल्पना पाण्डे पदमुक्त भएको जानकारी गराएको थियो ।


