सुर्खेतमा कोरोनाबाट मृ,त,क ५ जनाको एकैसाथ दाहसंस्कार ,
बैशाख १७ ,सुर्खेत – कर्णाली प्रदेश सुर्खेतमा कोरोना भाईरस संक्रमणबाट मृ,त्यु भएका पाँच जनाको शव आज संगै दाहससंस्कार गरिएको छ। नेपाली सेनाको टोलीले आज उनीहरुलाई सुर्खेतको भेरी नदीमा दाहासंस्कार गरेको हो।
कर्णाली प्रदेश सुर्खेतको प्रदेश अस्पताल कालागाँउमा उनीहरुको कोरोना संक्रमण भई उपचारको क्रममा मृत्यु भएको थियो। प्रदेश अस्पताल कालागाँउ अहिले बिरामीले भरिभराउ रहेको अस्पताल श्रोतले जनाएको छ। तेस्तै दैलेखमा कोरोना संक्रमित एकजना गर्भवतीको मृ,त्यु भएको छ ।
नारायण नगरपालिका–३ की २७ वर्षीया महिलाको शुक्रबार दिउँसो मृत्यु भएको दैलेखका कोरोना फोकल पर्सन थिरप्रसाद रेग्मीले जनाए। उनको जिल्ला अस्पताल दैलेखमा उपचारका क्रममामा मृ,त्यु भएको हो।
पछिल्लो समय कर्णाली प्रदेशका विभिनन जिल्लामा कोरोनाका बिरामीहरु बढेका छन्। प्रदेशमा कोरोना संक्रमणलाई नियन्त्रण, उपचार तथा प्रतिकार्यका कामलाई थप प्रभावकारी बनाउन मुख्यमन्त्री शाहीले आग्रह गरेका छन्।

