सांसद ठम्मर बिष्ट मेहेलकुना अस्पतालको अनुगमनमा राष्ट्रसेबक कर्मचारीहरुलाइ धन्यबाद व्यक्त,
बैशाख १७ ,सुर्खेत – कर्णाली प्रदेशका सांसद माननीय ठम्मर बहादुर बिष्टले मेहेलकुना अस्पतालको अनुगमन गरेका छन्। गुर्भाकोट नगरपालिका वडा नम्बर ८ को मेहेलकुनामा रहेको मेहेलकुना अस्पतालको अगुमन आज ठम्मर बिष्ट र माननीय देबि वलिले संयुक्त अनुगमन गरेका हुन्।
अनुगमनका क्रममा माननिय सांसद बिष्टले अस्पतालको प्रसासनिक र भौतिक अबस्थाको बारेमा जानकारी लिएका छन्।
साथै कोरोना भाईरस र यसको विषम स्वास्थ्य परिस्थितिको समयमा अस्पताललाई प्रदेस सरकारले गर्नुपर्ने सहयोग र सहजीकरणको बिसयमा अस्पतालका प्रमुख डक्टर सोजन साप्कोटा र चिकित्सकहरुसंग पनि छ्लफल गरेका हुन् ।
तेस्तै बिष्टले आज बबई नाकाको सामाजिक समितिको अनुगमन गर्दै आप्नो ज्यान जोखिममा राख्दै कोभिडको काममा अग्रसर भयका राष्ट्रसेबक कर्मचारीहरुलाइ धन्यबाद व्यक्त गरेका छन्।
कोरोनाले बिकराल रुप लिएको भन्दै सबैले स्वास्थ्य मापदण्ड पालना गर्दै अत्यावस्यकका काम भन्दा बाहिर ननिस्कन पनि सांसद बिष्टले आम जनसमुदयमा आग्रह गरेका छन्।
तस्विर :टेक बहादुर रोका ,

