गुल्मीका युवाको भोक प्यासले तड्पिएरै मृ:त्यु ,

बैशाख १९ ,गुल्मी – गुल्मीका एक युवाको भोक प्यासले तड्पिएरै मृ,त्यु, भएको खबरले सबै नेपालीलाई दुखित तुल्याएको छ। अहिले विश्वभर कोरोना महामारी छ जसले एक अर्कालाई छुने र नजिक नहुने सामाजिकदुरी कायम राख्नेनै उत्तम उपाए हो।

तर यसतै ब्यबहारका कारण गुल्मीको इस्मा गाउँपालिका १ का ३४ वर्षीय राज भनेर चिनिने युवराज नेपालीको भारतमा भोक प्यासले तड्पीएर ज्यान गएको छ। गाँउ घरमा अलागेको ऋण तिर्नेभंदै उनि भारत पुगेका थिए ,भारतको नयाँ दिल्लीस्थित बसन्तकुञ्जको एक होटलमा कुकको कामगर्ने राज केहिदिन अगाडी ज्वरोले साताएपछि अस्पताल गएका थिए।

उनले अस्पताल गएर आएपछि रिपोर्ट आफ्ना साथीभाईलाई देखाएनन ,कोरोना लागेको आशंकामा उनका साथीहरु अर्को कोठामा बस्न पुगे। उनलाई एक हप्ता सम्म खाना पानि नपाएपछि तड्पीएर कोठामा मृ,,त्यु भएक आउनका साथीहरुले जनाएका छन्।

उनकी २८ वर्षीय श्रीमती, १० र ६ वर्षकी दुई छोरी छन् । उनकी श्रीमती भारती सुनारका अनुसार राजले अस्पतालबाट जँचाएर फर्किएपछि कसैलाई रिपोर्ट नदेखाएका कारण साथीहरुले कोरोना संक्रमण लागेको आशंकामा साथ छाडेर अन्यत्र गएका थिए।

जसको परिणामस्वरुप भोकैप्यासै तड्पिएर उनको मृ,त्यु भएको भनाइ छ ।उनी गत वर्ष वैशाखमा पनि कोरोना लहरकै बीच भारतबाट घर आएका थिए । आमाको उपचारमा भएको खर्च र घर बनाउन लागेको खर्च अझै तिर्न बाँकी रहेको उनको भनाइ छ ।