Gold
Bangad salyan

माओवादीले समर्थन फिर्ता लियो ओली सरकार अल्पमतमा ,

वैशाख २२ ,काठमान्डौ – नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको अहिलेको सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ।

माओवादी संसदीय दलका नेता तथा अध्यक्ष पुष्पकमल दाहालले संघीय संसद्का महासचिवलाई लेखेको पत्र उक्त दलका प्रमुख सचेतक देवप्रसाद गुरुङलगायतका नेताहरूले बुधबार बुझाएका हुन् ।

फिर्ताको पत्र नेकपा (माओवादी केन्द्र)ले संघीय संसद् सचिवालयमा बुझाएपछि ओली सरकार अल्पमतमा परेको छ । प्रतिनिधिसभा विघटन गर्ने आफ्नो कदम सर्वोच्चले खारेज गरेपछि राजीनामा गर्नुको सट्टामा प्रधानमन्त्री ओलीले थप संविधान उलंघनगरेको पत्रमा लेखिएको छ ।

नेकपा कम्युनिस्ट पार्टी (नेकपा ) एकीकृत रहेकै अवस्थामा प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटन गर्ने असंमवैधानिक कदम चालेपछि हामीले सरकारको असंमवैधानिक अलोकतान्त्रिक एबम जनविरोधी क्रियाकलापको दृढतापूर्वक विरोध गर्दै आईरहेकोपनी पत्रमा उल्लेख छ।

अल्मपतमा परेका प्रधानमन्त्री ओलीले यही वैशाख २७ गते संसदको विशेष अधिवेशनबाट विश्वासको मत लिँदैछन् । तत्काल कायम रहेको सदस्य संख्याको बहुमत नपुगे ओली सरकार ढल्ने छ ।