माधव पक्षले ओलीलाई विश्वासको मत पनि नदिने, संसदमा उपस्थित पनि नहुने ,
वैशाख २७ ,काठमान्डौ – नेकपा एमालेका वरिष्ठ नेता माधव नेपाल पक्षका सांसदहरूले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत नदिने भएका छन्।
सोमबार सिंहदरबारमा बसेको माधव नेपाल पक्षको एमालेका सांसदहरुको बैठकले राजीनामा दिनिको सट्टा संसदमा अनुउपस्तिथ्त हुने बताएका हुन्। ओलीले विश्वको मत लिन आज १ बजे संसद्को अधिवेशन बोलाएका छन्।
नेपाल पक्षका सांसदहरुले ओलीलाई साथ् नदिएपछि केपी ओलीको सरकार स्वत असफल हुने छ भने वैकल्पिक सरकार बनाउन बाटो खुल्ला हुने छ। हाल नेपाल पक्षमा ३३ जना सांसद रहेका छन् । जसमध्ये प्रत्यक्षतर्फ २३ र समानुपातिकका १० जना सांसद रहेका छन् ।
सोमबार सिंहदरबारमा बसेको माधव नेपाल पक्षको एमालेका सांसदहरुको बैठकले काँग्रेस–माओवादी र जसपाबीच बन्ने गठबन्धनमा आफूहरुको साथ रहने निष्कर्ष निकालेका थिए।