आज थप ९हजार २७१ जनामा कोरोनाभाइरस पुष्टि १३९ को मृ,त्यु
वैशाख २७ ,काठमान्डौ – गएको २४ घन्टामा नेपालभरीबाट ९ हजार २७१ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
पीसीआर विधिबाट १७ हजार ६२३ र एन्टिजेन विधिबाट ७८८ जनाको परीक्षण गर्दा जम्मा ९ हजार २७१ जनामा संक्रमण पुष्टि भएको हो । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या ४ लाख ३ हजार ७९४ पुगेको छ।
त्यस्तै गएको पछिल्लो २४ घन्टामा ४ हजार ७ जनाले कोरोनालाई जितेर घर फर्केका छन् ,यो पछी हाल सम्म कोरोनालाइ जित्नेको संख्या ३ लाख ६,हजार ७९४ पुगेको हो।
यस्तै २४ घन्टामा कोरोनाबाट १३९ जनाको मृ,त्यु, भएको छ। हाल सम्म कोरोनाबाट मृ,तकको संख्या ३ हजार ८५९ पुगेको छ।यस्तै हाल नेपालभरि सक्रिय संक्रमितको संख्या ९३ हजार १४१ पुगेको छ ।

