राष्ट्रपतिले गरिन नर्सको प्रशंसा
वैशाख २९ ,काठमान्डौ – राष्ट्रपति विद्यादेवी भण्डारीले कोरोना हमारीकोको बेला अग्रभागमा रहेर सङ्क्रमितको हेरचाहमा खटिएका नर्सको उच्च प्रशंसा गरेकी छन् ।
अन्तर्राष्ट्रिय नर्स दिवस तथा २०१औँ फ्लोरेन्स नाइटिङ्गेल जयन्तीका अवसरमा शुभकामना दिँदै नर्सको उच्च प्रशंसा व्यक्त गरेकी हुन् ।
उनले आज ट्वीट गर्दै भनेकी छिन।
विश्वव्यापी महामारी (कोभिड–१९) विरुद्धको लडाइँमा अग्र भागमा रहेर सङ्क्रमितहरूको हेरचाहमा अहोरात्र खटिनु भएका सम्पूर्ण नर्सहरूको त्याग, समर्पण र लगनशीलताको उच्च प्रशंसा गर्दै अन्तर्राष्ट्रिय नर्स दिवस तथा २०१औँ फ्लोरेन्स नाइटिङ्गेल जयन्तीको अवसरमा हार्दिक शुभकामना व्यक्त गर्दछु
विश्वमा हरेक वर्षको मे १२ तारिखमा नर्स दिवस मनाउने गरिन्छ । अन्तर्राष्ट्रिय नर्सिङ काउन्सिल आईसीएनको आह्वानमा हरेक वर्षको मे १२ तारिखमा विश्वभर नर्स दिवस मनाउने गरिएको हो । ‘नर्स स् नेतृत्वका लागि एक आवाज, स्वास्थ्य सेवाको भविष्यका लागि एक दर्शन’ भन्ने नाराका साथ यो वर्ष नर्सिङ दिवस मनाइँदै छ ।
विश्वव्यापी महामारी (कोभिड–१९) विरुद्धको लडाइँमा अग्र भागमा रहेर सङ्क्रमितहरूको हेरचाहमा अहोरात्र खटिनु भएका सम्पूर्ण नर्सहरूको त्याग, समर्पण र लगनशीलताको उच्च प्रशंसा गर्दै अन्तर्राष्ट्रिय नर्स दिवस तथा २०१औँ फ्लोरेन्स नाइटिङ्गेल जयन्तीको अवसरमा हार्दिक शुभकामना व्यक्त गर्दछु ।
— Bidya Devi Bhandari (@PresidentofNP) May 12, 2021

