राष्ट्रियसभा उपनिर्वाचनमा बादलकोलागि भोट माग्दै ओली
जेठ ५ ,काठमान्डौ – नेकपा एमालेका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले गृहमन्त्री रामबहादुर थापा
(बादल)लाई राष्ट्रियसभामा मतदान गर्न आग्रह गरेका छन्।
चुनाव हुनु भन्दा एक दिन अगाडी ओलीले अपिल सार्वजनिक जारी गर्दै बादललाई मतदान गर्न पार्टी पंक्तिलाई अपिल गरेका हुन् । राष्ट्रियसभाको उपनिर्वाचन भोली हुँदैछ ।
उँहा कम्युनिस्ट आन्दोलनका एकजना वरिष्ठ नेता हुनुहुन्छ। उहाँको जितले नेपाली कम्युनिष्ट आन्दोलनलाई एकता बनाउन बल पुर्याउनेछ,’ उनले भनेका छन्, ‘तसर्थ, यस निर्वाचनमा एकतावद्ध भएर आफ्नो पार्टीका उम्मेदवारलाई विजय बनाउनु हुन आग्रह गदर्छु ओलीले अपिलमा भनेका छन् ।
साथै ओलीले पार्टी निर्णयविरुद्ध गएर मतदान गरे पार्टीका लागि स्वीकार्य या क्षम्य नहुने चेतावनी पनि दिएका छन् । नेकपा एमाले अहिले तिन कित्तामा बाँडीएको छ।
२०७४ मा एमाले-माओवादी गठबन्धनबाट निर्वाचन लडेका बादल २०७७ फागुन २३ गते सर्वोच्च अदालतले एमाले-माओवादी एकता भंग गरिदिएसँगै एमालेमा प्रवेश गरेका हुन्। बादल एमाले बनेपछि उनलाई माओवादीले केन्द्रले कारबाही गरेको हो।
अहिले बादल एमालेको तर्फबाट उम्मेदवार बनेका छन। बादललाई कारबाही गरेपछि उनको स्थानमा भोलि राष्ट्रियसभामा मतदान हुँदै छ। ओली समूहले बादललाई उमेद्वार बनाएको छ भने माधव नेपाल समूह ,माओवादी केन्द्र ,नेपालि कांग्रेस ,र जनता समाजवादी पार्टीले खिमलाल देवकोटालाई उमेद्वार बनाएको छ। नेपाल समूहले खिमलाल देवकोटालाई मतदान गर्ने बताईसकेको छ।



