म प्रधानमन्त्री बनिन भने फेरी संसद विघटन गर्छु प्रधानमन्त्री ओली
जेठ ७ ,काठमान्डौ – प्रधानमन्त्री केपी शर्मा ओलीले पुन: संसद भंग गर्ने बताएका छन्। वालुवाटारमा पत्रकार समेल्लनमा बोल्दै ओलीले संविधानको धारा ७६ को उपधारा ५ बमोजिम आफू प्रधानमन्त्री बन्न प्रयास गरिरहेको बताए।
के तपाई फेरी प्रधानमन्त्री बन्न चाहनुहुन्छ भन्ने पत्रकारहरुको प्रश्नमा उनले प्रतिनिधिसभामा सबै भन्दा ठुलो दलको हैसियतले आफुले प्रधानमन्त्री दाबि गर्ने बताए। सैदान्तिक हिसाबले म संग अहिलेपनि १२१ मतभार छ, १२१ मत भार भएकोलाई अलि सजिलो होला कि।
समर्थन पाएभने र भरपर्दो आधार लागेमा राष्ट्रपतिले मलाई प्रधानमन्त्री बनाउनुहुन्छ। ओलीले फेरि आफू प्रधानमन्त्री बने एक महिनाभित्र विश्वासको मत लिने बताए। ‘सरकार बनाएँ भने एक महिनाभित्र विश्वासको मत लिनेछु त्यसबेला पनि विश्वासको मत दिएन भने संसद विघटन गर्यो भन्न पाइने छैन।
तेसैले मैले भनेको छु मलाई सहयोग गर्नुहुस र बहुमतको समर्थन दिनुहोस उनले भने। प्रतिनिधिसभा विघटन भनेपछि अस्ति नै थुतुनो पोलेको मान्छे ‘म’ आउनुहोस मलाई सहयोग गर्नुहोस।
अझै पनि विकल्प दिन सक्ने हो भने मौका रहेको प्रस्ट पारे । ‘आफूले बनाउन नसक्ने हो भने मलाई समर्थन गर्नुस् भनेको छु,’उनले भने। राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ (५) अनुसार सरकार गठन गर्न शुक्रबार अपरान्ह ५ बजेसम्म समय दिएकी छिन।

