प्रधानमन्त्री ओलीको पनि दाबि
जेठ ७ ,काठमान्डौ – नेकपा एमाले संसदीय दलका नेता केपी शर्मा ओलीले पनि प्रधानमन्त्रीमा आफ्नो पनि दाबी प्रस्तुत गरेका छन् ।
ओलीले एमालेका १२१ र जनता समाजवादी पार्टी (जसपा)का १६ सांसदको हस्ताक्षरसहित दाबी पेश गरेका हुन् । त्यस्तै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको पक्षमा १४९ सांसद जुटेको थियो ।
शेरबहादुर देउवालाई प्रधानमन्त्रीको दाबी गर्दै नेपाली कांग्रेस नेकपा माओवादी केन्द्र ,माधव कुमार नेपाल समूह र जसपाले राष्ट्रपति निवास शितल निवासमा हस्ताक्षर बुझाएको छ।

