Gold
Bangad salyan

केपी ओलीको संसद विघटन त्यो मध्यरात

जेठ ८ ,काठमान्डौ – प्रधानमन्त्री केपी शर्मा ओलीले दोस्रो पटक संसद भंग गरेका छन्। संसद भंग संगै उनले मध्यावती चुनाव घोषणा गरेका हुन्।

ओलीले शुक्रबार मध्यरातमा मन्त्रिपरिषद्को बैठक बोलाएर कार्तिक २६ र मंसिर ३ मा चुनाव गर्ने मिति तोकेको छन । केपी ओलीले गत पुष ५ गते पनि संसद विघटन गरेका थिए तर सर्वोच्च अदालतले फागुन ११ गते सरकारको सो निर्णय उल्टाइदिएको थियो ।केपी ओलीले संसद भंग गर्ने संकेत दिनमा अपत्रकार समेमन गरेरनै गरेका थिए।

हिजो राति करिब १ बजे राष्ट्रपति विद्यादेवी भण्डारीले सरकार गठनका लागि प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले गरेको दाबी पूर्ण नभएको भन्दै खारेज गरे लगत्तै ओलीले मन्त्रिपरिषद् बैठक बोलाएर चुनावको मिति घोषणा गरे ।राष्ट्रपतिले संसद विघटन गरेर मध्यावधि चुनाव घोषणा गर्दा झण्डै २ बजेको थियो ।

प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले नयाँ सरकारका लागि दाबी प्रस्तुत गरेका थिए । ओलीले फर्जी र अवैधानिक कृते हस्ताक्षर लागेका थिए भने देउवाले १४९ जना सांसदको हस्ताक्षर सहित शितल निवास पुगेका थिए। प्रधानमन्त्री ओली र रास्ट्रपतिको संसद भंग गर्ने योजना आजबाट मात्र हैन पुष ५ अघि र अहिले सम्म थियो। शेरबहादुर देउवालाई प्रधानमन्त्री घोषणा गर्नुभन्दा राष्ट्रपति भण्डारीले

संविधानको धारा ७६ को उपधारा (५) बमोजिम प्रतिनिधिसभामा विश्वासको मत प्राप्त गर्न सक्ने ठोस आधार नदेखिएकोले उक्त उपधारा (५) बमोजिमका दाबीकर्ताको दाबी नपुग्ने देखिएको भन्दै दुवैको दाबी खारेज गरिन र मध्यरातमा यस्तो सूचना प्रकाशित गरिन ।

आफुले पुष ५ मा संसद विघटन गर्दा सर्वोच्च अदालतले फागुन ११ मा उल्टाईदिएको स्मरण गर्दै ओलीले म संसद विघटन भनेपछि थुतुनो पोल्दै गरेको मान्छे हु आउनुहोस मलाई समर्थ गर्नुहोस नत्र तेता तिर फेरी जान नपरोस भनेर धम्किपूर्ण भाषा समेत प्रयोग गरेका थिए।

ओली र रास्ट्रपतिले दोहोरो भूमिका खेल्दा समेत विपक्षी दलका नेता शेरबहादुर देउवाले १४९ जनाको बहुमत सांसदहरुको हस्ताक्षर बुझाउँदा पनि राष्ट्रपतिले त्यसलाई मान्यता दिईनन। यो संगै ओलीले सत्ता लम्ब्याउने र राष्ट्रपति संस्था र संसद्को हत्या गरेका छन्।