Gold
Bangad salyan

पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेल चढेको कार दुर्घटना यस्तो छ अवस्था

दाङ- नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष विपुल पोखरेल चढेको कार दुर्घटना भएको छ । दुर्घटनामा परी नेपाल पत्रकार महासंघ दाङ शाखाका पूर्वअध्यक्ष तथा वर्तमान सल्लाहकार सुदीप गौतमको टाउकोमा सामान्य चोट लागेको छ भने अन्य सकुशल रहेको पाईएको छ ।

पाेखरेलकाे प्रदेश ३-०१, ०२२ च ९२२६ नम्बरको कारमा दाङ शाखाका अध्यक्ष दुर्गालाल केसी, शाखा उपाध्यक्ष सन्तोष सुवेदी र सल्लाहकार सुदीप गौतम सवार थिए । कारलाई तुलसीपुरको उद्योग वाणिज्य संघ नजिकै रा १ च ९५५ को स्काेर्पियाेले ठक्कर दिएको हो ।

गत चैत २५ गते नेपाल पत्रकार महासंघको निर्वाचनमा अध्यक्ष पदमा निर्वाचित भएपछि अध्यक्ष पोखरेल पहिलोपटक गृहजिल्ला दाङ आएका थिए । उनि हिजो घोराहीका पत्रकारहरूसँग भेटघाट गरेर आज तुलसीपुरका पत्रकारहरूसँग भेटघाट गर्न पुगेका थिए।