केपी ओली समूहका मुख्य नाईकेले गरे भेरी अस्पतालमा आक्रमण

जेठ १४ ,काठमान्डौ – बाँकेको नेपालगञ्जस्थित भेरी अस्पतालका डाक्टर तथा नर्समाथि आक्रमण गर्ने मुख्य नाईके नेकपा एमालेको ओली समुहका प्रदेशका नेता रहेको पाइएको छ ।

लुम्बिनी प्रदेश कमिटि सदस्य तथा दाङका नेता मन बहादुर राउतको नेतृत्वको टोलीले अस्पतालका चिकित्सक र नर्समाथि हिजो मध्यराती हमला गरेको थियो ।राउत मुख्य मन्त्री शंकर पोखरेल र ओली समुहकी नेता शान्ता चौधरी निकट व्यक्ति रहेको पाइएको छ ।

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ११ उरहरीका ५४ वर्षीय डिल्लीबहादुर रावतको मृत्यु भएपछि उनका भाइ मानबहादुर रावत र छोराहरू भरत रावतलगायतको समूहले अस्पतालका डाक्टर तथा नर्समाथि आक्रमण गरेको पाइएको हो । अस्पतालमा आक्रमण र तोडफोड गर्दा ४ जना नर्सिङ स्टाफ र एक जना चिकित्सक घाइते भएका छन् ।

घटनामा संलग्नमध्ये मानबहादुर, भरत र लोकराज रावतलाई प्रहरीले पक्राउ गरेको बताएको छ। पक्राउ गरिएपनि उनलाई छोड्न विभिन्न ठाँउबाट ओली समूहका नेताहरुले प्रहरीलाई दबाब दिएको खुलेको छ।