Gold
Bangad salyan

प्रधानमन्त्रीले माधव नेपाललाई भने सरम छैन है

जेठ १६ ,काठमान्डौ – प्रधानमन्त्री केपी ओलीले नेता माधव कुमार नेपालप्रति आक्रोस पोखेका छन्। माथि बाटै धमिलो पानि बगेपछि तल सम्म कसरि संङ्गलो पानि आउछ।

आफ्नै सरकार ढाल्ने फ्लोर क्रस गर्ने अर्को पार्टीसंग मिलेर सरकार बनाउन गुटबन्दि गरेको भन्दै नेपालप्रति असन्तुष्टि जनाएका हुन्।

बालुवाटारमा आज तेस्रो राष्ट्रिय महिला अधिकार दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै ओलीले दलीय अनुशासन प्रणाली, संसदीय अनुशासन प्रणाली बेगरका काम भएका छन्।

तिनले खाएको सपथ झुठो हो भनेका हुन्। नेतृत्व तह नै अनुशासनहीत र अराजकतामा उत्रिन्छ अनि त्यसलाई गर्वसाथ लिने?,’ ओलीले प्रश्न गरे, ‘राष्ट्रपतिज्यूकहाँ पुगेर म विरोधका लागि आएको छु भन्ने? सरम छैन?

वैशाख २७ मा ओलीले संसदमा विश्वासको मत लिँदा अनुपस्थित भएका थिए। पछि उनीहरूले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेका थिए।