Gold
Bangad salyan

परीक्षणको मात्रा घटाएर सरकारले भन्यो कोरोना संक्रमित घट्दैछन्

जेठ १६ ,काठमान्डौ – नेपालमा दैनिक जस्तो कोरोना संक्रमित घट्दो क्रममा देखा पर्न थालेको छ। गत २४ घन्टामा आज थप ४ हजार ३६९ जनामा कोरोना संक्रमण फेला परेको हो।

अघिल्लो दिनभन्दा यो संख्या कम हो। तर परीक्षणको संख्यामा कमी गरेसँगै पछिल्लो २४ घण्टामा नयाँ संक्रमितको संख्यामा कमी देखिएको हो ।

सरकारले गत २४ घन्टामा जम्मा पीसीआर विधिबाट १० हजार ९८६ र एन्टिजेन विधिबाट १७८४ जनाको परीक्षण गरेको हो।परीक्षणको संख्या बढाउने हो भने कोरोना संक्रमित बढेको पाईने छ।

कोरोनाको दोस्रो लहर बढेसंगै गाँउटोलमा कोरोना फैलिसकेको छ। यस्तै कोभिड १९ बाट थप १०९ जनाले ज्यान गुमाएका छन् । यो पछि मृ,तकको संख्या ७२७२ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको हो।