राष्ट्रियसभा उपनिर्वाचनको मतदान कार्य सकियो आजै मतपरिणाम आउने
जेठ १७ ,दाङ- लुम्बिनी प्रदेशको राष्ट्रियसभा उपनिर्वाचनमा मतदान गर्ने कार्य सकीएको छ।बिहान ९ बजे देखि ३ बजे सम्म २९७ जनप्रतिनिधि मतदानमा सहभागी भएका थिथिए।
उपनिर्वाचनमा ३०० जना मतदाता रहेका थिए। जसमा तीन जना अनुपस्थित रहेका छन् । मतदान नगर्ने तिनै जना स्थानीय तहका जनप्रतिनिधि हुन् जसमा बाँकेको नेपालगञ्ज उपमहानगरपालिकाका मेयर धवलशमशेर राणा छन् उनले सामाजिक सञ्जालमानै मतदान नगर्ने जनाएका थिए।
तेस्तै बाँकेको नरैनापुर गाउँपालिकाका अध्यक्ष मोहम्मद इस्तियाक साह पनि अनुपस्तिथित थिए उनि बिरामी भएर लखनउमा उपचार गराईरहेका छन्। यस्तै गुल्मीको गुल्मी दरबार गाउँपालिकाका अध्यक्षपनि बिरामी भएको कारण मतदान गर्न आउन सकेनन।
प्रदेश निर्वाचन कार्यालयका अनुसार स्थानीय तर्फको मतदानमा केन्द्रमा महिला ७२ र पुरुष १०८ जनाले मतदान गरे भने प्रदेशतर्फको मतदान केन्द्रमा महिला ३० र पुरुष ५० जनाले मतदान गरे । यस्तै कोभिड संक्रमितका लागि व्यवस्था गरिएको मतदान केन्द्रमा प्रदेशका ३ र स्थानीयतर्फका २४ जनप्रतिनिधिले मतदान गरेका छन् ।मतदान सकिएसँगै केहीबेरमा मतगणना सुरु हुनेछ भने नतिजा आज नै घोषणा गरिने प्रदेश निर्वाचन कार्यालय दाङले जनाएको छ ।

