महन्त ठाकुरसहित चार नेता जसपाबाट निष्कासित
जेठ १८ काठमान्डौ – जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादव पक्षले अर्का अध्यक्ष महन्थ ठाकुरसहित चार नेतालाई पार्टीबाट निष्कासन गरेको छ ।
पार्टीको कार्यकारिणी समितिको बैठकको निर्णयअनुसार ठाकुरसहित वरिष्ठ नेता राजेन्द्र महतो, लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्ललाई निष्कासन गरेको हो ।
यादव पक्षले निस्कासन गरिएकोबारे निर्वाचन आयोगलाई पनि जानकारी गराइसकेको छ । महन्त ठाकुर समूहले संसद विघटन गरेका प्रधानमन्त्री केपि ओलीलाई साथ दिदै आईरहेको थियो ।

