राष्ट्रपतिलाई रामकुमारी झाक्रीले लगाईन यति ठूलो आरोप
काठमान्डौ – नेकपा एमाले समूहकि नेतृ रामकुमारी झाक्रीले राष्ट्रपति विद्यादेवि भण्डारीले लोकरिझाइँको लागि मित्र राष्ट्रका राष्ट्रप्रमुखलाई पत्राचार गर्ने गरेको बताएकि छिन ।
राष्ट्रपति संबिधानको संरक्षक र कानूनको परिपालक हो। उसका सम्पूर्ण क्रियाकलापलाई संबिधानले सिमित गरेको हुँदा त्यो काम कार्यकारीको भएको पनि झाक्रीले बताएकि हुन।
राष्ट्रपतिको यस्तो व्यवहारले समानान्तर सत्ताको अभ्यास वा धुमिल भएको छवि बचाउने प्रपन्च रहेको भन्दै उन्ले आरोप लगाएकि हुन।
त्यस्तै आफुहरुले राष्ट्रपतिबाट पटक पटक प्रतिगमन भोगेको समेत रामकुमारी झाक्रीले स्मरण गराएकि छिन ।
राष्ट्रपतिले कोरोनाको खोप सहज बनाने भन्दै अहिले चीन भारत लगायतलाई पत्राचार फोन गर्ने गरिरहेकी छिन ।राष्ट्रपतिको यो कार्यप्रती सबैले प्रश्न गरेका छन ।

