देशद्रोही राजेन्द्र महतोलाई देश निकाला गर्न माग विज्ञप्ती सहित
जेठ २२, काठमान्डौ – उप-प्रधानमन्त्री एवं सहरी विकास मन्त्री राजेन्द्र महतोलाई २४ घन्टाभित्र देश निकाला गर्नुपर्ने माग गरिएको छ ।
शनिबार नयाँ पार्टी, नेपालले विज्ञयप्ती सार्वजनिक गर्दै काम चलाउ सरकारमा सहभागी भई उच्च ओहोदामा आसिन महतोलाई देश निकाला गर्नुपर्ने माग राखेको हो ।
महतोले देशद्रोही अभिव्यक्ति दिएकोले तत्काल उप-प्रधानमन्त्री एवं सहरी विकास मन्त्रीबाट निलम्बन गरि निजको नागरिकतामा परेको उजुरीको छानबिन गरि देशनिकाला गर्नुपर्ने अन्यथा जनकारबाहि गरिने समेत नयाँ पार्टीले जनाएको छ ।