रुपन्देहीमा युवकको घाँटी रेटेर ह,त्या
जेठ् २३, धारिलो हतियार प्रयोग गरि रुपन्देहीमा एक युवकको ह,त्या भएको छ ।
जिल्लाको लुम्बिनी साँस्कृतिक नगरपालिका मनौरा निवासी अन्दाजी ३५ बर्षीय महेन्द्र यादवको शनिवार राति ह,त्या भएको हो।
यादवको घरभन्दा एक किलोमिटर पश्चिम नाला नजिकै घाँटीमा धारिलो हतियार प्रहार गरेको अवस्थामा मृत फेला पारिएको इप्रका लुम्बिनीका प्रहरी निरीक्षक रविन्द्र महतले जानकारी गराए ।
मृतकलाई भीम अस्पताल भैरहवामा पोष्टमार्टम गराई आवश्यक अनुसन्धान भईरहेको महतले बताए ।

