राउटे युवतीलाइ दुव्र्यवहार गर्ने विरुद्ध जबर्जस्ती कारणीको मुद्दा दर्ता

 

सुर्खेत – लोपोन्मुख राउटे समुदायका दुई युवतीलाई मदिरा खुवाएर होटलमा लागि यौन दुव्र्यवहार गर्ने तीन जनाविरुद्ध जबर्जस्ति कारणीको मुद्दा दर्ता भएको छ ।

राउटे लोपोन्मुख सिमान्तकृत बर्ग उत्थान प्रतिस्ठान नेपाल लुम्बिनी प्रदेश कार्यलय दाङ उपाध्यक्ष एग्य बहादुर बुढाले जबर्जस्ती करणिको मुद्दा दिएका छन् र मुद्दा दर्ता भएको छ ।

जिल्ला प्रशासन कार्यालय सुर्खेतले घटनाको अनुसन्धान अगाडि बढाएको छ ।

केही दिन अगाडि सुर्खेत गुर्भाकोट नगरपालिका ११ आँपसोति जनैघाट भेरी किनारामा बस्दै आईरहेका राउटे दुई युवतिलाई यौनदुव्र्यवहार गरेको भिडियो सार्वजनिक भएको थियो ।

भिडियो सार्वजनिक गर्ने तीन जनलाई प्रहरीले पक्राउ गरिसकेको छ ।पक्राउ पर्नेमा गुर्भाकोट नगरपालिकाका ३५ बर्षका दोमनबहादुर घर्ती, २४ बर्षका भुपेन्द्र बुढा र २९ बर्षका होटल सञ्चालक बिनोद पुन रहेको प्रहरी चौकी मेहेलकुनाले जनाएको छ ।

राउटे युवतीलाई ति युवाले मादक पर्दाथ सेवन गराई होटलमा लिएर दुर्व्यवहार गरेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि प्रहरीले उनिहरुलाई पक्राउ गरेको हो ।