Gold
Bangad salyan

चुच्चे नक्सा नराखिएका पुस्तक जफत गर्न निर्देशन

जेठ ,२६ ,काठमान्डौ – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठले पुरानो नक्सा छापेर विक्री गरिएका पुस्तक जफत गर्न निर्देशन दिएका छन् ।

केही निजी प्रकाशकले नेपालको पुरानो नक्सा छापेर विद्यालयस्तरको पाठ्यपुस्तक बिक्री गरेको सूचना पाएपछि उनले सो पुस्तक जफत गर्न पाठ्यक्रम विकास केन्द्रलाई निर्देशन दिएका हुन् ।

पाठ्यक्रम विकास तथा मुल्याङकन परिषद्को आज सम्पन्न ८८ औ बैठकमा मन्त्री श्रेष्ठले पुस्तक प्रकाशक र विक्रेतालाई कानूनको दायरामा ल्याएर हदैसम्मको कारबाही गर्न पाठ्यक्रम विकास केन्द्रलाई निर्देशन दिएका छन् ।

तपाईंहरूले अनुगमन गर्नुस् ।तपाईहरु अनुगमन गर्नुहोस देशको आँच पुग्नेगरी पुरानो नक्सा उल्लेख गरी पुस्तक विक्री गरेको पाइए तत्काल प्रहरी प्रशासन लगाएर कारबाही गर्नुहोस श्रेष्ठले भने।

पाठ्यक्रम विकास केन्द्रले जनाए अनुसार अधिकांश विक्रेताले नेपालको पुरानो नक्सा उल्लेख गरी विक्री गरेको पाईएको हो। केन्द्रका महानिर्देशक अणप्रसाद न्यौपानेले पुरानो नक्सा छापेर पुस्तक विक्री गरेका प्रकाशक र विक्रेतामाथि कारबाही प्रक्रिया अघि बढाउने जानकारी दिएका हुन् ।