Gold
Bangad salyan

दीपक मनाङे फोन अफ गरेर सम्पर्क विहिन

जेठ २७ ,काठमाडौं – गण्डकी प्रदेशका युवा तथा खेलकुदमन्त्री राजीव गुरुङ उर्फ दीपक मनाङे प्रदेशसभा बैठकमा अनुपस्थित भएका छन् ।

मनाङे आज बिहानैदेखि मोबाइल स्वीच अफ गरी सम्पर्कविहीन बनेका थिए । विपक्षी गठबन्धनलाई साथ दिने भनिएका मनाङे सम्पर्कविहीन बनेका हुन् ।

गण्डकी प्रदेशसभामा आज मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले विश्वासको मत लिने कार्यसूची छ । अहिले मुख्यमन्त्री गुरुङले संविधानको धारा १६८ को उपधारा ४ बमोजिम प्रदेशसभाको विश्वास पाउँ भन्दै वक्तव्यसहित प्रस्ताव पेस गरिरहेका छन ।

सवतन्त्र उमेद्वारबात सांसद बनेका दीपक मनाङेलाई मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले मन्त्रीमा नियुक्त गरेका थिए ,तर पृथ्वी सुब्बा गुरुङको बहुमत नपुग्ने पुग्ने देखिएपछि दीपक मनाङे प्रदेश सभाको बैठकमा अनुपस्तिथित भएका हुन्। त्यस्तै उनले जता बहुमत पुग्छ उतै समर्थन गर्ने समेत बताएका छन्।