Gold
Bangad salyan

माओवादीले सांसद पदबाट हटाएकि ज्वालाकुमारी कृषि मन्त्री

जेठ २७ ,काठमान्डौ – तत्कालिन माओवादी केन्द्रले कारबाही गरेकी ज्वालाकुमारी साहलाई प्रधानमन्त्री केपी शर्मा ओलीले कृषि मन्त्री बनाउन लागेका छन्।

साह तत्कालीन माओवादीबाट प्रदेश सभा-२ मा सांसद निर्वाचित भएकी थिइन्। बाराबाट सांसद निर्वाचित साह नेकपा हुँदा बाराकी सह-इन्चार्ज थिइन्।

नेकपा एकता खारेज भएपछि ओलीतिर लागेको भन्दै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उनीसहित चार जनालाई सांसद पदबाट हटाइदिएका थिए।

अघिल्लो साता मन्त्रिपरिषद् पुनर्गठन गरेका प्रधानमन्त्री ओलीले नेकपा एमाले र जसपालाई समेटेर मन्त्रिमण्डलमा समावेश गर्न लागेका हुन्। ओलीले सात मन्त्री थप्दै आज ४ बजे सपथ ग्रहण गाराउदैछन्।