Gold
Bangad salyan

उपचारको लागि भारत जाँदै गर्दा खनालले गरे पार्टी एकताको आवाहन

असार २ ,काठमान्डौ – नेकपा एमालेका पूर्वप्रधानमन्त्री झलनाथ खनाललाई थप उपचारका लागि भारत नयाँ दिल्ली जाँदै गर्दा पार्टी एकताका लागि आह्वान गरेका छन्।

एकता सफलताको बाटो हो भने फुट विनाशको त्यसैले रिस राग अहंकार र बदलभाव त्यागेर पार्टीको वैधानिक प्रकृया अन्तर्गत नेकपा एमाले पार्टीलाई फुटबाट जोगाउन म सबै नेता कार्यकर्तमा आवाहन गर्न चाहन्छु खनालले विज्ञप्तिमार्फत जानकारी गरेका छन्।

उनले सफल उपचारपछि आफू स्वदेश फर्किने बताएका छन्। देशको विथोलिएको वर्तमान राजनीतिक अवस्थाले आफूलाई चिन्तित बनाएको पनि खनालको भनाइ छ।

भारत प्रस्थान गर्नुअघि एमाले महासचिव ईश्वर पोखरेलले वरिष्ठ नेता खनाललाई अस्पताल पुगेर भेटेका थिए । भेटका क्रममा पार्टी एकताबद्ध बनाउन महासचिव पोखरेललाई आग्रह गरेको पोखरेलको सचिवालयले जनाएको छ ।