Gold
Bangad salyan

घरेलु मदिरा सेवनबाट आठ जनाको ज्यान गयो

असार २ ,सर्लाही – घरेलु मदिरा सेवनबाट सर्लाहीको ब्रम्हपुरी गाउँपालिका ५ पडरियामा आठ जनाको मृ,त्यु भएको छ। नेपाल–भारत सीमावर्ती क्षेत्रमा पर्ने पडरिया गाउँमा विगतका चार दिनदेखि आठ जनाको मृ,त्यु भएको पाईएको हो।

सबैको विषाक्त घरेलु मदिरा सेवनबाट मृ,त्यु भएको गाउँपालिकाका अध्यक्ष विनोद साहले जानकारी दिए । मृ,त्यु हुनेमा पडरियाका ५० वर्षीय राम ईश्वर पासवान, ३९ वर्षीय दिनकर दास, ६५ वर्षीय कैलु दास, ५० वर्षीय जुगेश्वर माझी र २४ वर्षीय बलिन्द्र दास तथा भारत उत्तर प्रदेशका ३५ वर्षीय दाताराम निसाद, ५५ वर्षीय शिवसागर निसाद र ३२ वर्षीय सर्वेस राम निसाद रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रमुख प्रहरी उपरीक्षक सन्तोष सिंह राठौरले जानकारी दिए ।

मृ,तक तिन जना भारतीय नागरिक चन्दन इँटा उद्योग पडरियाका मजदूर रहेको पाईएको छ । यस्तै मदिरा सेवन गरेका थप तिन जना स्थानीय बिरामी छन्।,

मृ,तक हुनुको कारण विषाक्त मदिरा हो वा अन्य कारण हो, कारण पत्ता लगाउन मृतकहरुको भिसेरा परीक्षणका लागि फरेन्सिक ल्याब काठमाण्डौंमा पठाउने तयारी गरिएको जिल्ला अस्पताल मलङ्गवाले जानकारी गरेको छ ।