ब्रेन ट्युमरबाट ग्रसित रुकुमपश्चिम्का बल बहादुरलाई बिश्वराजको स्वास्थ्यउपचारमा आर्थिक सहयोग

असर ३ ,रुकुमपश्चिम – कर्णाली प्रदेश रुकुमपश्चिम् चौरजाहारी नगरपालिका वडान. ३ निबासी ब्रेन ट्युमरबाट ग्रसित बल बहादुर बिकलाई उपचारको लागि बिश्वराज सुनारले आर्थिक सहयोग गरेका छन्।

स्वास्थ्य लाभको कामना गर्दै हुम्ला चमकिलो गाउँपालिका वडा नम्बर २ का युवा बिश्वराज सुनारले आर्थिक स्वरुप रु ५ हजार ६ बिरामी बलबहादुर बिकलाई सहयोग गरेका हुन्।

ब्रेनट्युमरबाट थलिएका बलबहादुर बिकको अहिले काठमाण्डौ वीर असपतालमा अपरेसन सफल भएर क्रियासिल उपचार भई रहेको छ।

गरिब परिवारमा जन्मिएका बलबहादुर बिक आर्थिक रुपमा कम्जोर भएको कारणले गर्दा चौरजाहारी नगरपालिका लगायत सम्पुर्ण सहयोगी हरुको आर्थिक बाट उपचार सुरु गरिएको थियो। आजभन्दा दुई बर्ष अधिदेखी ब्रेनट्युमरबाट छट्पटीएका बलबहादुर बिकको स्वास्थ अहिले सुधार हुदै गएको छ ।