सभामुखले भने :अरनिको राजमार्ग र लिपिङ पुलको जोखिमलाई मध्यनजर गरौ
असार ५ ,काठमान्डौ – निरन्तरको अविरल वर्षाले अरनिको राजमार्ग र सिन्धुपाल्चाेककाे लिपिङ पुलमा क्षति पुर्याएपछि सडक विभागका महानिर्देशक अर्जुनजंग थापा cसहितको टोलीले कटान क्षेत्रको स्थलगत अवलोकन गरेको छ ।
स्थलगत अवलोकनपछि महानिर्देशक थापाले केही दिन भित्रै बन्द भएको सडक खोल्ने गरी काम हुने बताए । भोटेकोशीको कटानले सिन्धुपाल्चोकको भोटेकेशी गाउँपालिकामा रहेको तातोपानीको लिपिङ पुलमा क्षति पुगेको छ भने अरनिको राजमार्ग अन्तरगतको सडक ठाउँ ठाउँमा भासिएको छ ।
यस्तै सभामुख अग्निप्रसाद सापकोटाले भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्बाङलाई तातोपानी–कोदारी क्षेत्रमा बाढी कटानबाट भइरहेको क्षति न्यूनिकरण गर्न ध्यानाकर्षण गराएपछि आज स्थलगत अवलोकन गरिएको छ ।
सभामुख अग्निप्रसाद सापकोटाले जोखिममा परेकाहरुलाई उद्धार, सुरक्षित बसोबास एवं बन्द सडकलाई तत्काल खुलाउन आग्रहसमेत गरेका छन् । गत मंगलबार सिन्धुपाल्चोकमा भएको बाढीको समेत सापकोटाले अनुवागमं गरेका छन्।