Gold
Bangad salyan

सन्तोषी सुब्बा हत्या प्रकरणमा बौद्दबाट एक जना पक्राउ आजै सार्वजानिक गरिने

असार १० काठमान्डौ – विभिन्न पशुपन्छीको आवाज निकालेर युटुबमा चर्चा कमाउन सफल सन्तोषी सुब्बाको क्रुर तरिकाले हत्या आरोपमा एक जना पक्राउ गरेका छन्।

गत मंगलबार दक्षिणकाली मन्दिर क्षेत्रमा मृत आवस्थामा सुब्बाको शव फेला परेको थियो। नेपाल प्रहरीको महानगरीय अपराध अनुसन्धान महाशाखाले राजधानीको बौद्ध क्षेत्रबाट एक जनालाई पक्राउ गरिएको र आजै सार्वजानिक गर्ने तयारि गरेको छ।

काभ्रेका धनबहादुर तामाङले १८ बर्षअघि सन्तोषी सुब्बालाई धर्म छोरी बनाएका थिए। उनीहरु संगै राजधानीको कालोपुलमा असनो टहरो मुनि बस्दै आएका थिए। गत आईतबार सन्तोषी परिवारको सम्पर्कमा नआएपछि तामाङले प्रहरीलाई खबर गरेका थिए।

खोजितालास पछि सुब्बाको दक्षिणकाली मन्दिर क्षेत्रमा पर्ने जंगलमा रहेको प्रयोगविहिन शौचालयमा क्षत विक्षत् अवस्थामा शव फेला परेको थियो।सन्तोषीको शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालमा राखिएको छ ।उनको बलात्कार पछि हत्या हुनसक्ने प्रहरीको अन्सुंधान बताउ।

 

 

चरा पशुपंक्षिको आवाज निकालेर जीवन गुजारा गर्ने सन्तोषी सुब्बाको क्रुर हत्या:अनुहारको चिउँडोसम्मको भाग छैन