पाँच गठबन्धनको अन्तरक्रियालाई निरङ्कुश केपीतन्न्त्रले मजाक नसोचे हुन्छ भिडियो : नारायणकाजी श्रेष्ठ

साउन ११ ,काठमान्डौ – नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले निरङ्कुश केपीतन्न्त्रको बिरुध्द संविधान र लोकतन्त्रको रक्षाको संघर्षमा ५ दल र सञ्चारजगत एकै ठाँउमा रहेको र यो संघर्षलाई सफल पार्नै पर्नेमा सबैले जोड दिनुपर्ने बताएका छन् ।

प्रतिगमन बिरुध्द सँविधान र लोकतन्त्रको पक्षमा सँघर्षरत ५ पार्टीहरुले हिजो काठमाडौंमा कार्यक्रम आयोजना गरेको थियो। हिजो गरिएको सम्पादकहरुसंगको अन्तर्क्रिया कार्यक्रमलाई राजनीतिक नेतृत्वले गम्भीरता ध्यान पुर्याउनुपर्ने समेत उनले बताएका छन्। पार्टी र नेता नबदलिएसम्म देश नबन्ने श्रेष्ठको भनाई छ।

पत्रकार मित्रहरुले निरङ्कुश केपीतन्न्त्रको बिरुध्द संविधान र लोकतन्त्रको रक्षाको संघर्षमा ५ दल र सञ्चारजगत एकै ठाँउमा रहेको र यो संघर्षलाई सफल पार्नै पर्नेमा जोड दिनुभएको थियो ।

त्यसकासाथै संघर्षरत राजनीतिक पार्टीहरु र नेताहरुले गम्भीर आत्मसमीक्षाकासाथ आफुलाई पनि सच्च्याउनु पर्ने कुरामा उहाँहरुको जोड थियो उनले भनेका छन् ।

उहाँहरुले बिपक्षमा हुँदा मात्र होइन ,सरकारमा जाँदा पनि यस्ता कार्यक्रम होस् र आज बोल्नुभएका कुराहरु त्यसबेला ब्यबहारमा लागु गरेको हेर्न पाइयोस भनेर सचेत गराउनुभएको थिय। ढोङ , द्वेध चरीत्र र ब्यक्तिवाद त्याग्दै पत्रकार मित्रहरुको आलोचना र ध्यानाकर्षणलाई आत्मसात गरेर पार्टी र नेताहरु बदलिनुमा नै देश र सवैको भविष्य हुने नेता श्रेष्ठको भनाई छ ।