Gold
Bangad salyan

अफवाह फैलाउदै चरित्र हत्या गर्ने ९ अन्लाईन मिडियाविरुद्द रुपा सुनारको प्रेस काउन्सिलमा उजुरी

असार १२ – काठमान्डौ – सञ्चारकर्मी रुपा सुनारले आफूमाथि अफवाह फैलाएको भन्दै ९ वटा अनलाइन मिडियाविरूद्ध प्रेस काउन्सिलमा उजुरी गरेकी छिन्।

ती अनलाइनलाई उनले साइबर अपराध कसुर अन्तर्गत कारबाहीका लागि सिफारिस गरिदिन समेत माग गरेकी छिन्। उनले नेपाल पाना, खबरमाला, कालापानी, इलाकापानी, मिडिया२० पोस्ट, आजको नयाँ, ग्लालेक्सी सेभेन एक्सप्रेस, साझा मिडिया र नेपाल पहरा डटकमविरूद्ध उजुरी दिएकी हुन्।

रुप सुनार अहिले जातिय छुवाछूतको सिकार बनेकी छिन। यस्तै बेला उनीमाथि ति अन्लाईनले अफवाह फैलाइ जातजाति, धर्म वा सम्प्रदायबीचको सु-सम्बन्धमा खलल पुर्‍याउने र जातीय छुवाछुत एवम् लैंगिक भेदभावलाई दुरूत्साहन गरेको निवदनमा उल्लेख गरिएको छ।

प्रेस काउन्सिलले जारी गरेको आचारसंहितामा सम्बन्धित पक्षको भनाईलाई स्थान दिनुपर्ने प्रावधानलाई समेत लत्याएर ती अनलाइनले चरित्र हत्या गरेको सुनारले दाबी गरेकी छिन्। युरोपियन युनियनबाट उचालीएको र पैसा खाएको आरोप लगाउंदै ति अन्लाईने सुनारको चरित्र हत्या गरेका छन्।

कोठा खोज्न जाँदा दलित भनेन थाहा पाएपछि घरबेटीले दलितलाई दिन नमिल्ने प्रतिक्रिया दिएपछि उनले बबहरमहलकि सरस्वति प्रधानविरुद्द उजुर गरेकी थिइन्। प्रधान अहिले रिहा भईसकेकी छिन। रुपा सुनारलाई भने सामाजिक सञ्जालभरि जातिय र तल्लो स्तरका गालि गलौज भईरहेका छन्।