Gold
Bangad salyan

उपत्यमा आज जम्मा २४९ कोरोना संक्रमित

असार १२ – काठमान्डौ – पछिल्लो समय देशभरसंगै उपत्यक्मा कोरोना संक्रमितमा घट्दो ग्राफ देखिएको छ। गत २४ घण्टालाई हेर्दा उपत्यकामा जामम २४९ जना कोरोना संक्रमित थपिएक छन्।

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंमा १८१, ललितपुरमा ४३ र भक्तपुरमा २५ जना रहेका छन् । यस्तै आज देशभरबाट २४ घन्टामा २०१६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

यो संगै नेपालमा कूल कोरोना संक्रमितको संख्या ६ लाख ३२ हजार ३२६ पुगेको छ भने निको हुनेको संख्या ५ लाख ८१ हजार ३२७ पुगेको छ । २४ घन्टामा ४ हजार ९१४ जना संक्रमणमुक्त भएका छन्। आज थप ३० जनाको निधन भएपछि कूल मृतकको संख्या ८ हजार ९७५ पुगेको छ।