Gold
Bangad salyan

नेपाली कांग्रेस प्रचण्ड पथमा हिडेको देख्दा देउवाको सारै दया लागेर आयो : ओली

असार १४ ,काठमान्डौ – नेकपा एमालेका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेस प्रचण्ड पथमा हिडेको आरोप लगाए।

मदन भण्डारीको ७० औं जन्मजयन्तीको अवसरमा सोमबार बालुवाटारस्थित निवासमा आयोजित कार्यक्रममा बोल्दै ओलीले भने,अहिले प्रचण्ड पथको चर्चा सुप्रिमकोर्टमा पनि निकै हुने गरेको छ।

,कांग्रेस प्रचण्ड पथमा हिडेको र फेरी प्रधानमन्त्री बन्छु भनेर हिडेको देख्दा आफूलाई देउवाको दया लागेर आएको बताए। माहात्मागान्धीको मात्र चर्चा नभई नाथुराम गोड्सेको पनि चर्चा हुन्छ।

नेपाली कांग्रेसका नेताहरु नै नाथुराम गोड्से खोजी गर्ने, खोजी गर्दा भेटिएन भने आफैं हुने भन्ने तहमा पुगेको भनेपछि प्रचण्डपथ नै अँगालेको ह।

उनले अगाडि भने, ‘अहिले प्रचण्डपथ सुप्रिम कोर्टमा पनि चर्चा हुन्छ । फ्रान्स र बेलायतका राजाहरु किन काटिन्थे भन्दा अहिलेको राष्ट्रपति र प्रधानमन्त्रीले गरेजस्तै गर्दारहेछन् र पो त काटिंदा रहेछन् अथवा अहिलेका राष्ट्रपति र प्रधानमन्त्रीलाई पनि काट्नुपर्छ । यो कुरा त प्रचण्डका एक जना कार्यकर्ताले त सर्वोच्च अदालतमै भने । नेपाली कांग्रेसका कार्यकर्ताहरुले नाथुराम गोड्से मै बन्छु अर्को ठाउँमा भने ।’

ओलीले नेकपा एमालेका नेता माधव कुमार नेपाललाई प्रचण्डको पुच्छर भनेका छन् भने माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई छेपारोको जस्तो रंग फेर्ने गरेको बताए।