अहिलेका दलका विध्यार्थी संगठन माफियाको काम गर्छन नागरिकको होइन : भरत दाहल
काठमान्डौ – राजनिति विश्लेषक भरत दाहालले अहिलेका दलका विद्यार्थी संगठनहरुलाई नेपालीहरुले लुटेरा, डाँका, चोर र अपराधिहरुको झुण्डका रुपमा बुझ्ने गरेको बताएका छन ।
उनिहरु विद्यार्थीकाे नकाब भिरेर गुण्डा ग्याङहरुको आन्दोलन गरेको समेत दाहालले बताए ।यिनिहरु कहिले पनि नागरिकको समस्याहरुमा नबोल्ने र विदेशीहरुको झुन्ड बनेर माफियाको बारेमा बोल्ने गरेको उनले बताए ।
यस्तो छ दाहलको भनाई
२०३६ सालदेखि २०४६ सालसम्मको अवधि विद्यार्थी आन्दोलनको गोरवको अवधि थियो। विद्यार्थी संगठनहरुले आन्दोलनको घोषणा गर्नासाथ देश जुरुक्क उठ्थ्यो। आम नेपालीहरुमा विद्यार्थी संगठनहरुप्रति ठूलो विश्वास थियो। कारण थियो- विद्यार्थी संगठनहरुद्वारा विद्यार्थी समुदाय र देशका समस्याहरुमा आधारित गतिविधिहरु गर्नु।
अहिलेका दलका विद्यार्थी संगठनहरुलाई नेपालीहरुले लुटेरा, डाँका, चोर र अपराधिहरुको झुण्डका रुपमा बुझ्दछन्। कारण स्पष्ट छ- यीनीहरु देश र नागरिकहरुका समस्या बोल्दैनन्। यीनीहरुले विदेशी दलालहरुको झोलेका रुपमा काम गर्छन्। ठेक्कापट्टा, गुण्डागर्दी, भ्रष्टाचार, उठौती र हत्याहिंसा यीनीहरुको धर्म बनिसकेको छ।
यीनीहरु बेरोजगारीका विषयमा बोल्दैनन्, उद्योगधन्धा बेच्ने पक्षमा बोल्छन्। यीनीहरु विकास बारे बोल्दैनन्, जग्गा प्लटि..को धन्धा गर्छन्। यीनीहरुले सिटामोल नपाएर मर्नेहरुको उपचारको कुरा गर्दैनन्, माफियाहरुको खाएर त्यसको पक्षमा लड्छन्। यीनीहरु देशका पक्षमा बोल्दैनन्, विदेशी दूताबासका लागि सूचना जम्मा गर्छन्।
अहिलेका विद्यार्थी संगठन देशद्रोही अपराधिहरुका गुण्डा झुण्ड हुन्। ओलीले चुच्चे नक्शा पारित गर्ने प्रस्ताव लग्दा पनि ओली जिन्दावाद र चुच्चे नक्शा छाप्न रोक्दा पनि ओली जिन्दावाद गर्ने, पुष्पकमलले ओलीको टाङ मुनी छिराउँदा पुष्प जिन्दावाद र ओलीलाई दुष्टको संज्ञा दिंदा पनि पुष्पकमल जिन्दावाद गर्ने तिघ्रे गुण्डाहरु हुन्।
अहिले यीनीहरु संसद पुनर्स्थापनाको पक्षमा सडकमा निस्कने रे ! विदेशीतन्त्र गयो भने धन्धा बन्द हुने डरले अहिले यीनीहरु विक्षिप्त छन्। विद्यार्थीको नकाव ओढेर जम्मा गरेको लुटको धन फूपुको श्राद्धमा परिणत हुने भयले यीनीहरु निंदाउन छोृडेका छन्। ए गुण्डाहरु हो, जिब्रो चल्छ भने दलालहरुले गरिरहेको विदेशी दलालीका विरुद्धमा बोल।

