Gold
Bangad salyan

२० मन्त्रीको पद चट पारेका अधिवक्ता दिनेश त्रिपाठीले पदाधिकारीको नियुक्तिविरुद्ध सर्वोच्चमा रिट दायर

असार १६ ,काठमाण्डाै- २० मन्त्रीको पद चट पारेका अधिवक्ता दिनेश त्रिपाठीले २० पदाधिकारीको नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा पूरक रिट निवेदन दर्ता गरेका छन्।

राष्ट्रपति विद्यादेवी भण्डारीले गत असार १० गते नियुक्त गरेका विभिन्न संवैधानिक निकायमा पदाधिकारीको नियुक्ति बदर गर्न माग गर्दै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले पूरक रिट निवेदन दर्ता गरेका हुन् ।

विभिन्न आयोगहरुको अध्यक्ष, आयुक्त एवं सदस्यहरुमा गरिएको नियुक्ति प्रथम दृष्टि मैं गैरसंवैधानिक, बदनियत एवं कपटपूर्ण रहेकोले बदर गरि पाउ भनि उनले सर्वोच्चममा आज निवेदन दर्ता गरेका हुन् ।

रिटको अंतिम टुंगो नलागेसम्म निजहरुलाई आयोगहरुको सदस्य तथा पदाधिकारीको हैसियतले कुनै कार्य नगर्न नगराउनु भनि अन्तरिम आदेशको माग गर्दै त्रिपाठीले गरेका हुन्।

धारा २९२ को संसदीय सुनवाईको बाध्यात्मक संबैधानिक बन्दोबस्तलाई छलेर गरिएको पदाधिकारीको नियुक्ति बदरभागि छ त्रिपाठीले भने।