Gold
Bangad salyan

अग्रमोर्चामा खटिएकाको सम्मानमा कोरीएका चित्र मेटाएपछि कांग्रेसको आप्पति

असार १७ ,काठमान्डौ – काठमान्डौको रत्नपार्क आकाशेपुलको भित्तामा फ्रन्टलाइनरको सम्मानमा कोरीएका चित्र मेटाएपछि नेपाली कांग्रेसले विरोध जनाएको छ।

कोरोना महामारीविरूद्ध अग्रमोर्चामा खटिएका चिकित्सक सुरक्षाकर्मी, पत्रकार, शव व्यवस्थापनमा खटिएका व्यक्तिको सम्मानमा कोरीएका चित्र काठमान्डौ महानगरपालिकाले मेटाईदिएपछि काँग्रेसले आपत्ति जनाएको हो।

कोरिएका चित्र मेट्ने कार्य कला र कलाकारको अपमान भएको कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले निकालेको विज्ञप्तिमा जनाईएको छ । युवा डुजाङ शेर्पाको परिकल्पना र स्थानीय वडा कार्यालयको लिखित अनुमतिमा एक साता लगाएर उक्त चित्र कोरीएका थिए।

तर नगरपालिकाले एका एक मेटाईदिएको हो। उक्त चित्र कलाकारहरु सांगे थिन्ले लामा, किपा शेर्पा र सुमिना श्रेष्ठ लगायतले कोरेका हुन्।

अनेकौ संचारको भिडमा महानगरलाई यो सामान्य लागेको हुनसक्छ। तर फ्रन्टलाईनमा जुधिरहेको सम्मानमा चित्रमा बधाई होईन अपमान गरिनु सभ्य र सुसंस्कृत समाज अनुरुपको किमार्थ नहुने विज्ञप्तिमा उल्लेख छ।