महिला एक्लो अवस्थामा भेटिदा यौनाङ्ग देखाइदिने, चिमोट्ने गर्ने तामाङ प,क्राउ
असार १७ ,काठमान्डौ – भक्तपुरका विभिन्न स्थानमा महिला एक्लो अवस्थामा भेटिदा विभिन्न खाले अनौठा व्यवहार गर्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा रामेछाप सुनापती गाउँपालिका वडा नं. ५ रुपाकोटका ३६ वर्षीय चमार सिं तामाङ छन्। उनि हाल भक्तपुर नगरपालिका वडा नं.१० कमलविनायक बस्दै आएका छन् ।
उनले भक्तपुरका चोक ,गल्लि, पुलमा एक्लो महिलालाई चिमोट्ने, धाप मार्ने, संवेदनशील अंगमा छुने आफ्नो यौनाङ्ग देखाइदिने जिस्क्याउने लगायतका हर्कत गर्दै आईरहेका थिए।
यस्तो हर्कत गर्ने ब्याक्तिलाई भने ति महिलाहरुले चिन्न सकेनन। उनि कहिले मोटरसाईकलमा हिडेको बेला यस्तो हर्कत गर्थे त कहिले माक्स लगाएको बेला हर्कत गरेर भाग्थे।
विभिन्न मितिमा महिलाहरुले एक व्याक्तिले यस्ता हर्कत गर्दै आईरहेको महानगरीय प्रहरी वृत्त जगाती भक्तपुरमा उजुरी दिएका थिए। हुलियाको आधारमा प्रहरीले ति व्याक्तिलाई संकित स्थानमा खोजतलास जारि राखेको थियो।
गत असार ४ गते भक्तपुरस्थित एक रेडियोमा काम गर्ने महिला पत्रकार बिहानै ६ बजे निस्केर रनिको राजमार्ग सूर्यविनायक नजिकै पुग्दा ति व्यक्तिलाई पत्रकार महिलामाथि यो हर्कत गरेका थिए।अभद्र व्यवहार देखाएपछि महिलाले प्रतिकार गर्दै तत्काल मोबाईल निकालेर फोटो खिच्न खोज्दा उनि भागेका थिए।
ति पत्रकारले १५ गते उजुर गरेकी थिइन् उनलाई भक्तपुर नगरपालिका वडा नम्बर १० कमलविनायक भत्केको पाटीबाट पक्राउ गरिएको परिसर भक्तपुरका डीएसपी दिपक गिरीले जानकारी दिए । उनलाई महानगरीय प्रहरी वृत्त जगातीको हिरासतमा राखेर थप अनुसन्धान भईरहेको गिरिले बताए।

