नारायणगढ मुग्लिन सडकको यो ढुंगा हटाउन रक ब्रेकर’को आवस्यकता

असार १८ चितवन – नारायणगढ,मुग्लिन सडकको १४ किलोमा बिहीबार साँझ पहिरोसँगै ठूलो ढुंगा खस्दा सडक अवरुद्द बनेको छ । लेदो सहितको पहिरो र ठुलो ढुंगा खसेपछि अहिले बल्ल तल्ल सडक एकतर्फी संचालनमा ल्याईएको छ।

ढुंगा हटाउन भ्याक्कु ल्याईएपनि रक्सहितको भएको हुँदा हटाउन सकीएको छैन। ढुंंगालाई ‘रक ब्रेकर’को सहयोगले मात्र फुटाउन सकिने चितवन जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरी निरीक्षक भगवानराज थापाले बताए ।

अहिलेपनि पानि र पहिलो झरिरहेको छ हामीले ढुंगा फुटाउन सडक डिभिजन कार्यालयलाइ खबर गरिसकेका छौ उनले भने। यस्तै ढुंगा र पहिरो खसेपछि सुरक्षाकर्मिले एक तर्फीका सवारी साधनलाई पास गराईरहेको छ भने नजिकैम अरहेका केहि बस्तिका मानिसहरुलाइ आवत जावतमा रोक लगाईएको छ ।