Gold
Bangad salyan

साउन २५ मा विधान सम्मेलन गर्ने एमालेको निर्णय

काठमान्डौ – नेकपा (एमाले) को विधान महाधिवेशन साउन साउन अन्तिममा हुने भएको छ। । केन्द्रीय समितिको सर्वसम्मतिले विधान महाधिवेशन साउन २५ देखि २७ गतेसम्म गर्ने निर्णय हो।

विधान अधिवेशनका लागि अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन, महासचिव ईश्वर पोखरेलले सांगठानिक प्रतिवेदन, विष्णु पौडेलले विधान संशोधन प्रतिवेदन र रामबहादुर थापा बादलले व्यवस्थापन प्रतिवेदन लेख्ने निर्णय भएको केन्द्रीय सदस्य विष्णु रिजालले जानकारी दिए ।

आगामी भदौ ५ गते वडा तहको अधिवेशन र भदौ १५ गते पालिकास्तरको अधिवेशन गर्ने निर्णय भएको पनि उनले बताए ।