Gold
Bangad salyan

मन्त्री श्रेष्ठलाई बर्खास्त गर्न माग गर्दै रुपा सुनारको सर्वोच्चमा रिट

काठमान्डौ – मन्त्री कृष्णगोपाल श्रेष्ठलाई पदबाट हटाइ जातीय भेदभाव तथा छुवाछुतसम्बन्धी कसूरमा कारबाहीको माग गर्दै सञ्चारकर्मी रुपा सुनारले सर्वोच्च अदालतमा रिट दायर गरेकी छन् ।

तनहुँकी रुपा सुनारले आइतबार शिक्षामन्त्री श्रेष्ठविरुद्ध सर्वोच्चमा रिट दर्ता गराएकी हुन् । त्यस्तै जातको कारण देखाउदै कोठा भाडा दिन अस्विकार गर्ने घरबेटी सरस्वती प्रधानलाई पनि उनले कानून बमोजिम कारबाहीको माग गर्दै सर्वोच्चमा उजुरी गरेकी छन् ।

जातकै कारण देखाएर काठमान्डौ बबरमहलकी घरबेटी सरस्वती प्रधानले सुनारलाई कोठा दिन अस्विकार गरेकी  थिइन्।जातका कारण कोठा दिन अस्विकार गरेकी प्रधानलाई रुपा सुनारले प्रहरीमा जाहेरी दिएकि थिइन्।

पक्राउ परेकी घरबेटी प्रधानलाई छुटाउन शिक्षामन्त्री श्रेष्ठ महानगरीय प्रहरी वृत्त सिंहदरबार पुगेका थिए ,भने उनले आफ्नै गाडीमा हालेरा प्रधानलाई लगेका थिए।अनुसन्धानलाई प्रभावित पारेको भन्दै श्रेष्ठलाई तत्काल पदबाट हटाई कारबाहीको माग गर्दै सुनारले रिट निवेदन दिएकि हुन्।