Gold
Bangad salyan

उपत्यकामा सबै सार्वजनिक यातायात चल्न पाउने

काठमान्डौ – उपत्यकामा सवारी साधनमा लगाईएको जोरविजोर प्रणाली हटेको छ। जिल्ला प्रशासन कार्यालय काठमाडौंले निजी तथा सार्वजनिक सवारी सधानमा लगाएको जोरबिजोर प्रणाली हटाए र स्वास्थ्य मापदण्ड पालना गर्दै सबै सवारी साधान संचालन गर्न दिने बताएको हो।

सार्वजनिक यातायातमा सिट क्षमताभन्दा बढी यात्रु राख्न भने पाईने छैन। २२ गते देखि लागू हुनेगरी ठुला सवारी साधानमा २५ जनाभन्दा बढी यात्रु राख्न नपाइने जिल्ला प्रशासन कार्यालयले जनाएको हो।

उपत्यकामा पसल खोल्ने समय बढाएर साँझा ६ बजे सम्म बनाईएको छ। यस्तै स्थानीय प्रशासनका अनुसार सभा सम्मेलन, सिनेमा हल, पार्टी प्यालेस, दोहोरी, नाचघर, क्लब, मनोरञ्जन स्थाल, ब्युटी पार्लर, फुटसल, जिमखाना, पुस्तकालय, चिडियाखाना, रंगशालामा हुने दर्शकसहितको खेलकुद र भीडभाड हुने कार्यक्रममा रोक लगाएको छ ।

खुला स्थानमा भेला हुने, सभा जुलुस गर्न, महोत्सव, जात्रा, भोज भतेर गर्न पनिरोक लगाइएको छ । विवाह ब्रतबन्ध तथा सामूहिक रुपमा गरिने सांस्कृतिक कार्यहरु होटल तथा पार्टी प्यालेसमा गर्न पाइने छैन ।

उपत्यकामा ३१ गते सम्म निषेधाज्ञा जारी रहने काठमान्डौका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले बताए। कोरोनाको लहरसंगै बैशाख १६ गतेबाट उपत्यकामा निषेधाज्ञा जारी छ।