प्रतिनिधिसभा विघटन मुद्दा : जवाफी बहस सकियो अब एमिकस क्युरीको बहस
असार २१ काठमाडौं- प्रतिनिधिसभा विघटन विरुद्धको रिटमाथिको सुनुवाइ अन्तिम चरणमा पुगेको छ। सभामुखका तर्फबाट बहस सकिएपछि आइतवारदेखि रिट निवेदनका तर्फबाट जवाफी बहस सुरु भएको थियो ।
हिजो आईतबारदेखि सुरु गरेको बहस आज सोमबार सकीएको हो।वाफी बहसको २ घण्टा २ मिनेट समय सोमबारका लागि बाँकी थियो । सोमबार तीन वरिष्ठ अधिवक्ताले बहस गरेपछि जवाफी बहसको समय सकिएको हो ।
सोमबार निवेदकको पक्षबाट बरिष्ठ अधिवक्ताहरू हरिहर दाहाल, बद्री बहादुर कार्की र शम्भु थापाले बहस गरे । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा तथा न्यायाधीश दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र डा आनन्दमोहन भट्टराईका संवैधानिक इजलासमा प्रतिनिधिसभा विघटनसम्बन्धी रिट निवेदनमा सुनुवाइ भइरहेको छ। अब एमिकस क्युरीको बहस बाँकी छ ।
एमिकस क्युरीका लागि दुई घण्टा समय तोकिएको छ। एमिकस क्युरीमा नेपाल बार एशोसिएशनबाट वरिष्ठ अधिवक्ताद्वय राघवलाल वैद्य र उषा मल्ल तथा सर्वोच्च बार एशोसिएशनले वरिष्ठ अधिवक्ताद्वय कोमलप्रकाश घिमिरे र प्रकाशबहादुर केसी छन् ।

