सारी माथि सरक्क सारेर गोडा पिडुला देखाएर सांसद बनेकी कोमल ओलीलाई राजनीतिक चेतना के था ?
असार २२ काठमान्डौ – सारी माथि सरक्क सारेर गोडा पिडुला देखाएर सांसद बनेकी कोमल ओलीलाई अहिले आम नेपाली जनताले प्रश्न गरेका छन्।
राष्ट्रियसभाकी सदस्य एवम् नेकपा (एमाले) की नेतृ कोमल वली कहिलेकी एमाले नेता हुन् भन्दै नेपाली जनताले प्रश्न गरेका हुन्। एमालेभित्र र एमालेविचार समूहका नेताहरुलाई उनले हिजो राष्ट्रियसभाको बैठकमा ‘बाँदरको जमात र अमृतपानको सपना’ शीर्षकमा कविता वाचन गरेकी थिईन् ।
त्यसपछि कोमल ओलीलाई चौत्रफी आलोचना र प्रश्न गरिएको हो। स्टेजमा चढेर गितका भाका गाउनेले राजनीतिक चेतना भाषा र बुज्न नसक्ने आम नेताहरुको बुझाई छ।
यस्तै कोमल ओलीका अनेकन राजनीतिक विचलन र अनैतिक कर्तुत बाहिर ल्याउनु नपरोस भन्दै प्रश्न उठाईएको छ। उनि प्रधानमन्त्री केपी ओली निकट विश्वासपात्र हुन्।
प्रधानमन्त्री केपी ओलीकै कारण कोमल ओलीलाई राष्ट्रियसभा सदस्य बनाईएको थियो । उनको कुनैपनि राजनीतिक योगदान नभएको भन्दै अन्य नेताहरुले ईन्कार गरेपनि केपी ओलीले सत्ताको भरमा उलाई राष्ट्रियसभा सदस्य बनाएका थिए।

