देउवालाई प्रधानमन्त्री नियुक्त गर्ने परमादेश २८ गते फैसला हुँदै :ओली नेपालबीच छलफल
असार २३ ,काठमान्डौ – नेकपा एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच आज नक्सालको मृत होटेलमा छलफल सुरु भएको छ ।
दुवै नेताबीच ५५ दिनपछि प्रत्यक्ष भेटवार्ता भएको हो। यो अघि ओली र नेपालबीच बैशाख ३० गते क्याप्टेन रामेश्वर थापाको घर चपली हाइटमा भेटवार्ता भएको थियो । प्रधानमन्त्री केपी ओलीका कारण पार्टीमा विवाद बढ्दै गएपछि नेपाल खनाल समूह विभाजित बनेको थियो।
केपी ओली गतवर्षको पुष ५ गते संसद विघटन गरेपछि नेपाल पक्षले ओलीलाई प्रतिगमनकारी भन्दै विपक्षी गठबन्धन बनाएर ओलीविरुद्ध संघर्ष गर्दै आएको छ । ओलीले गत जेठ सात गते मध्यराति दोस्रोपटक प्रतिनिधिसभा विघटन गरेपछि एमाले पूर्णरुपमा विभाजानको दिशामा लागेको छ।
सर्वोच्च अद्लातमा नेपाली काँग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परामादेश मागेर नेपाल पक्ष ओलीविरुद्ध लागिरहेका बेला ओली नेपाललाई भेट्न तयार भएका हुन्। देउवालाई प्रधानमन्त्री नियुक्त माग गर्दै १४६ जना विपक्षि दलका सांसदले सर्वोच्चमा निवेदन दिएका छन्। जसको परमादेश सर्वोच्चले यहि २८ गते सुनाउने तयारि गरेको छ।

