सर्वोच्चको आदेशलाई समाम्न र स्वागत : योगेश भट्टराई
असार २८ ,काठमान्डौ – नेकपा एमालेका नेता पूर्वपर्यटन मन्त्री योगेश भट्टराईले प्रतिनिधिसभाको पुन: स्थापनाको लागि दिएको आदेश सम्मान र स्वागतयोग्य भएको बताएका छन् ।
प्रधानमन्त्री केपी ओलीले दोश्रो पटक विघटन गरेको संसदलाई सर्वोच्च अदालतले पुर्स्थापित गरेसंगै उनले स्वागत योग्य भनेका छन्। भट्टराईले नेकपा एमालेको एकतालाई जोगाउन एमालेका नेता र कार्यकर्तामा संयम र धैर्यताका साथ अघि बढ्न आह्वान समेत गरेका छन्।
उनले आइतबार भएको १० बुँदे सहमति ईमन्दारिताका साथ कार्यान्वयन हुने विश्वास व्यक्त गरेका छन्। ‘सर्वोच्च अदालतको संवैधानिक बेञ्चद्वारा प्रतिनिधिसभाको पुनर्स्थापना गर्ने गरी गरेको आदेशको सम्मान र स्वागत गर्दछु ।’ भट्टराईले लेखेका छन्,‘बदलिएको परिस्थितिमा प्रतिनिधिसभाको बाँकी कार्यकालको सुनिश्चितता सहित नेकपा एमालेको एकतालाई जोगाउन एमालेका समस्त नेता र कार्यकर्ता कमरेडहरुमा संयम र धैर्यताकासाथ अघि बढ्न आह्वान गर्दछु।

