वालुवाटार छोड्नु अघि प्रधानमन्त्रीले देशवासीको नाममा सम्बोधन गर्दै
असार २९,काठमाडौ – प्रधानमन्त्री केपी शर्मा ओलीले देशवासीका नाममा सम्बोधन गर्दै छन ।बालुवाटार छाड्नुअघि प्रधानमन्त्री ओलीले दुई बजे देशबासीको नाममा सम्बोधन गर्ने तयारी गरेका हुन ।
सर्वोच्च अदालतले शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न दिएको समयअगाबै प्रधानमन्त्री ओलीले सम्बोधन गर्न लागेका हुन्।
नेपाल टेलिभिजन रेडियाे नेपाललगायत सञ्चारमाध्यमबाट प्रत्यक्ष प्रशारणकाे व्यवस्था मिलाइएको वालुवाटार श्रोतले जनाएको छ । सर्वोच्चले राष्ट्रपतिलाई आज ५ बजेसम्म देउवालाई प्रधानमन्त्री नियुक्त गर्न समय दिएको छ।

