Gold
Bangad salyan

शेरबाहदुर देउवा नेपाली कांग्रेसका अन्तिम प्रधानमन्त्री भनेका विचरा केपी ओली

असर २९ ,काठमान्डौ – प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा अन्तिम प्रधानमन्त्री भनेर एक कार्यक्रममा बोलेको थिए । तर आज दिउँसो देउवाले पाँचौ पटक प्रधानमन्त्रीमा सपथ ग्रहण छन् केपी ओली भने वालुवाटार छोड्दै छन।

ओलीले बोलेको त्यो बोलि आफैलाई निल्नु न ओकल्नु भएको छ। त्यति मात्र हैन ओलीले पचास वर्ष सम्म नेकपाले सरकार चलाउने र ईतिहासबाट कांग्रेसको नाम मेटिने जस्ता अभिव्यक्ति दिने गरेका थिए।

नेकपा माओवादीसंग बाम गठबन्धन गरेर २०७४ फागुन ३ मा सत्ताको नेतृत्व सम्हालेका ओली आफ्नै दम्भ र स्वेच्छाचारिताको परिणामस्वरूप सोमबारबाट सडकमा आइपुगेका छन् । ओलीलाई जनताले आज वालुवाटारबाट निकाल्दै छन्।

स्थिरताको नारा लगाएर जनमत बटुल्दै सत्ताको भर्‍याङ चढेका ओली साढे तीन वर्षमा त्यही भर्‍याङबाट खसेका हुन्। केपी ओली सरकारमा रहँदा उनीसंग देश र जनतामाथि घात गरेका सयौ घटना छन्। २०७५ जेठ १४ मा उपेन्द्र यादव ओली सरकारमा सहभागी भएपछि विधिवत् रूपमा ओलीको नेतृत्वमा दुई तिहाइ जनमतको सरकार बनेको थियो ।