Gold
Bangad salyan

माओवादी कित्तालाई MCC बोकाउने षडयन्त्र नितान्त पुष्पकमलको निजी स्वार्थ: भरत दाहाल

 

काठमान्डौ – राजनीतिको विषलेशक भरत दाहालले संसदको क्षेत्राधिकार अतिक्रमण गरेर न्यायाधिसहरुले शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्नुका पछाडिको सबैभन्दा ठूलो मुद्दा एमसिसि रहेको बताएका छन ।

अमेरीकी डिजाईनमा शेरबहादुर र पुष्पकमल दाहालले एमाओवादीभित्रका MCC विरोधिहरुलाई वार कि पारको आगोमा हालिदिएको उनको भनाई छ ।

MCC संग संझौता गर्ने अर्थ मन्त्रालयको जिम्मा जनार्दन शर्मालाई र MCC को ट्रान्समिसन लाईनसंग सम्बन्धित उर्जा मन्त्रालय पम्फा भुसाललाई दिईएको पनि उनले बताए ।

अब यी दुई जना व्यक्तिहरुले या त MCC बोक्नु पर्ने या मन्त्री पद छोड्नु पर्ने बाध्यता सिर्जना भएको छ। CIA ले बाेकाएकाे याे जिम्मेवारी विभिन्न दलभित्रका आफ्ना भरपर्दा दलालहरूकाे ध्रुविकरण गर्ने याेजनाकाे एउटा हिस्सा पनि हाे।

पश्चिमा साम्राज्यवादीहरूले सबै दलहरूलाई चकनाचुर बनाएर सबैतिर चीनका विराेधि याेजनामा काम गर्ने आफ्ना भरपर्दा चाकरहरूकाे बैग्लै ध्रुव बनाउने प्रकृया सुरू गरेका छन्। यसै प्रकृयाका रूपमा एमाओवादी झुण्ड अमेरीकी ल्यावमा राखिएकाे छ दाहालले भने ।

अब देश बोक्ने कि नेपाल किन्न तम्सेको MCC बोक्ने भन्ने बाहेक यी दुई जना व्यक्तिहरुसंग तेश्रो विकल्प बाँकि छैन। अमेरीका, शेरबहादुर र पुष्पकमलको यो चाल MCC को सबैभन्दा बढी विरोध गर्दै आएका एमाओवादी नेताहरुलाई MCC बोक्ने गधा बनाउने योजना हो।

यदी उनीहरुले यसो नगर्दा भने एमाओवादी फुट्ने कुरा निश्चित छ। एमाओवादी कित्तालाई MCC बोकाउने षडयन्त्र नितान्त पुष्पकमलको निजी स्वार्थमा आधारित चालबाजी हो।

विदेशीका लागि १७ हजार नेपालीकाे हत्याका कारक बन्ने पुष्पकमलले आफ्नाे अनिश्चित जीन्दगी सुरक्षित गर्न पार्टीलाई अमेरीकी साम्राज्यवादकाे घाेडा बनाउन तयार छन्।

‘बाँकि जनवादीहरू’काे देशभक्तिकाे अनुहार सक्कली हाे वा पुष्पकमल र बाबुराम मार्का हाे भन्ने यथार्थता देखाउनै पर्ने अवस्था उत्पन्न भएकाे भरत दाहालको टिप्पणी छ ।