Gold
Bangad salyan

अध्यक्ष महन्थ ठाकुरले देउवालाई बधाई दिदै भने हामि विश्वासको मत दिन्छौं

साउन ३ ,काठमान्डौ -जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर पक्षले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वको मत दिदै आफूहरुका मुद्दालाई समाधान गर्न आग्रह गरेको छ।

प्रतिनिधिसभामा प्रधानमन्त्री देउवाले राखेको विश्वासको मतसम्बन्धी प्रस्तावमाथिको छलफलमा भाग लिँदै उनले देउवालाई बधाई दिदै यस्तो बताएका हुन्।

आफूहरुका माग संविधानमा नलेखीएका र लेखिएपनि पुरा नभएको भन्दै ध्यान दिनुपर्ने उनको माग छ। यस्तै आफ्ना सांसद रेशम चौधरी लगायतका नेता कार्यकर्ताहरु अझै जेलमा रहेको कुरा ठाकुरले स्मरण गराएका हुन्।